ईमाडोलमा महिलाले घरको छतबाट हाम फालिन

माघ २८

काठमान्डौ – इमाडोलमा चार तलाबाट एक महिलाले हाम फालेकी छिन।ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा आमा र दुई जना बच्चाको ज्यान गएको छ ।

घरबाट हाम फालेकी ३६ वर्षकी रविना महर्जनको उपचारकाक्रममा किष्ट अस्पतालमा गएराति ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

त्यस्तै घरको बन्द कोठामा अचेत अवस्थामा भेटिएका ६ वर्षका अस्वेत र २ वर्षकी रिबाको हिजो बेलुका ज्यान गएको प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

lekbesi

आमा रविनाले घरको चौथो तलाबाट हामफालेको र घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो ।
आमाले घरबाट हामफालेपछि अनुसन्धान गर्दा बच्चाहरु अचेत भेटिएका थिए । घटनाको थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।