नगरप्रहरिको फुटपाथ व्यवसायीमाथि आक्रमण तीन ठाउँमा हड्डी भाचियो

काठमान्डौ – हिजो बुधबार राति पौने ८ बजे काठमाडौं महानगरपालिकाको सुन्धारामा नगर प्रहरीको एक जत्थाले फुटपाथ व्यवसायीमाथि आक्रमण गर्दा ७ जना घाईते भएका छन।

फुटपाथ व्यवसायीका अनुसार अरुबेला भन्दा फरक ढंगले नगरप्रहरीले आएर एक्कासि आक्रमण गरेको उनीहरु बताउँछन।

अरुबेला सामान खोस्ने तान्ने नगरप्रहरीको टोलिले हिजो भने एक्कासी लाठी चार्ज गरेको व्याबसायी बताउँछन।
करिब ५० नगर प्रहरीको हुल लिएर आएका नगर उपरीक्षक मनोज लामिछानेको टोलीले भटाभट लाठी चार्ज गर्न थाल्यो ।

एकछिन त फुटपाथ व्यवसायीले के भएको हो भन्ने नै भेउ पाएनन् । नगर प्रहरीको आक्रमणबाट फुटपाथ व्यवसायी बद्री देवकोटा, नानीमाया बस्नेत, राधिका मैनाली, राधा डंगोल, अर्जुन भट्टराई र अर्का एक घाइते छन् ।

उनीहरूलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न लगिएको थियो ।  चार नगर प्रहरी सामान्य घाइते भएका थिए भने एक जनालाई उपचारका लागि वीर अस्पताल लगिएको नगर प्रहरीले जनाएको छ ।

हिजो पुल बाटोमा नगरप्रहरीले सिविलमा समेत रहेको खुलेको छ। सबैले एक्कासि आक्रमण गरे । केही साथीलाई समातेर गाडी लगेर लात्ताले टाउकोमा, पेटमा हानेको पिडित फुटपात व्यावसायीले बताए ।

भट्टराईको पनि भिडियो एक्सरे गरेर हेर्दा तीन ठाउँमा हड्डी भाँचिएको देखिएको छ ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरीले कानुनी रूपमा कसैलाई पिट्न नपाउने उल्लेख छ। महानगरपालिकाले ११ साउन २०८० मा  राजपत्रमा प्रकाशित गरेको ‘काठमाडौं महानगरपालिका महानगर प्रहरी सेवालाई व्यवस्थापन गर्न बनेको, महानगर प्रहरी ऐन २०८०’ को परिच्छेद ३ मा उल्लेख भएको काम, कर्तव्य र अधिकारमा नगर प्रहरी बल प्रयोग गर्न सक्ने व्यवस्था छैन ।

यस्तै नेपाल स्वरोजगार व्यापार श्रमिक संघ केन्द्रीय समितिले घटनामा नगर प्रहरीको गल्ती रहेको भन्दै महानगरपालिकाले कारबाही गर्नुपर्ने माग गरेको छ ।

आक्रमण गर्नेलाई  तत्काल कारबाही गर्दै मजदुरमाथि आक्रमण गर्ने, मजदुरहरूको सामान लुट्नेजस्ता आपराधिक कार्यप्रति काठमाडौं महानगरपालिकाले मजदुरहरूसँग माफी माग्नुपर्छ संघ अध्यक्ष माया गुरुङले जारी गरेको प्रेस विज्ञप्तिमा छ, ‘महानगरले घाइतेको उपचार गर्नुपर्ने, खोसिएका सामान फिर्ता गर्नुपर्छ ।

त्यसै सन्ध्याकालीन बजार व्यवस्थापन महानगरले गर्नुपर्ने भन्दै संघले महानगरभित्र सस्तो नागरिक बजार व्यवस्था गर्न, श्रम डेस्क व्यवस्था गरी श्रमिकहरूको सूचीकरण र व्यवस्थापनका लागि संघसहित सरोकारवाला सम्मिलित कार्यदल गठन  गर्न पनि माग गरेको छ । फागुन १८