कुवेतमा गाडिको ठक्करबाट मृ*तक तीन जनाको शव नेपाल ल्याईयो
चैत ५
काठमाडौँ – कुवेतमा गाडीको ठक्करबाट मृ*त्यु भएका नेपाली तीनै जनाको शव ल्याइएको छ।
गत मंगलबार कुवेतको महाबुल्ला एरियामा बिहान गाडीको ठक्करबाट तीन जना नेपालीले ज्यान गुमाएका थिए।
उनीहरूको शव पोष्टमार्टमपछि नेपाल पठाइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकका आफन्तहरूले शव बुझाईएको छ।
कुवेतस्थित नेपाली राजदूतावासका अनुसार गाडीको ठक्करबाट सानो भर्याङका सुजन कार्की, अछामका सुरज बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृंत्यु भएको थियो ।
मृतक तीनै जना पापाजोन कम्पनीमा कार्यरत थिए । उनीहरूको शव फरवानिया हस्पिटलमा पोष्टमार्टम गरेपछि नेपाल पठाइएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ।