माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ
काठमान्डौ – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले दिएको जानकारी अनुसार महरा कपिलवस्तुबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका उनलाई काठमान्डौ ल्याईएको छ। तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरा दोषी रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।
आयोगको सिफारिस अनुसार महरालाई कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । महराका छोरा राहुल विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो । चैत ५