छक्का पन्जा ३ पहिलो नम्बरको गीत रिलिज ,,
साउन १४ , काठमाण्डौ – चलचित्र छक्का पन्जा ३ ले एक नम्बर बोलको गीत दर्शक सामु सार्बजानिक गरेको छ । छक्का पन्जा एक हुँदै तिन सम्म पुगेको छ र यो दर्शक सामु यौटा ब्राण्ड नाम चलेको छ। भर्खर मात्र छयांकन कार्य सकेको चलचित्र छक्का पन्जा तिनले मिठा मिठा गीत संगीत र दर्शकले मन पराउने खालको स्क्रिप्ट ल्याउने गरेको छ। साथै यसको निर्माण पक्षले पनि यहि आसा गरेको छ। दशैमा रिलिज गर्ने हेतुले छक्का पन्जा ३ आफ्नो गृहकार्य संगै एक नम्बरको गीत शार्बजानिक गरेको हो।
कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियो आकर्षक बनेको छ । दीपक शर्माको संगीत विन्दु परियार र डेभिड शंकरको स्वर रहेको गीतलाई राजेन्द्र थापाले लेखेका हुन् ।दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको निर्माता दिपकराज गिरीले जानकारी दिएका छन् । गीतमा प्राय सबै चलचित्रका कलाकारलाई फ़िचरिङ्ग गरियको छ । मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङलाई गीतमा देख्न सकिन्छ । साथमा, चलचित्रमा विशेष भूमिकामा रहेका नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउतको साथमा निर्देशक दीपाश्री निरौलालाई पनि भिडियोमा हेर्न सकिन्छ ।