गगन थापा र दुर्गा प्रसाईलाई बंगलादेशबाट कारबाही गर्न माग ,,
साउन १५ ,काठमाडौं- झापाको बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाई र पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापाले दिएको अभिव्यक्तिलाई लिएर बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीले आन्दोलन थालेका छन्। थापा र प्रसाईले गोबिन्द केसीको आन्दोलनमा दियको अभिव्यक्तिले आफुहरुमा आत्मसम्मानमा चोट पुगेको भन्दै उनीहरुमा कारबाहीको माग संगै चरणवद्ध आन्दोल घोषणा गरेका हुन् ।बंगलादेशमा नेपाली विद्यार्थीहरुको संगठन नेपाल स्टुडेन्ड युनियनले आइतवार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
थापाले गोबिन्द केसीको समर्थनमा निस्कियको जुलुसमा सम्बोधन गर्दै चीन, बङगलादेश र फिलिपिन्समा एमबीबीएस् अध्ययन गर्न जाने नेपाली विद्याथीले सर्टिफिकेट किन्ने गरेको अभिव्यक्त दिएका थिए । उनको त्यस अभिव्यक्ति प्रसाईले नेपाली चेलीहरु डाक्टरको सर्टिफिकेट लिन आफ्नो अस्मिता बेच्न बाध्य भएको भनाइप्रति आपत्ति जनाउँदै आन्दोलनको घोसना गरियको हो ।जिम्मेवार ब्याक्तिबाट यस्तो अभिव्यक्तिले विद्यार्थी र अभिभावकमा आघात पुर्याउने भन्दै स्पस्टिकरण मागेको छ। भने प्रसाईले दिएको आपत्तिजनक अभिव्यक्तिले नेपाली चेलीलाई बदनाम गरेको जनाउँदै युनियनले उनलाई कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ। त्यस्तै आन्दोलित विद्यार्थी युनियनले सोमवार ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र पनि बुझाएका छन् भने , यही साउन १७ गते ढाकामा सांकेतिक विरोध र १८ गते १२ बजेदेखि दूतावासमा धर्ना दिने जनाइएको छ ।