ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै घरका चार जनाको मृ,त्यु,

जेठ ३२

ताप्लेजुङ – ताप्लेजुङमा पहिरोले फक्तालुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बूको घर बगाउँदा उनको परिवारका ४ जनाको मृ,त्यु भएको छ।

मृ,त्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बू, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बू रहेको बताइएको छ ।

पहिरोमा परी मृ,त्यु भएका उनीहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन्। मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको बताइएको छ ।

उपाध्यक्षको परिवारका चार जनाको मृत्यु भएको छ भने थप खोजी जारी छ । पहिराले दुई वटा घर बगाएको छ। पहिरोमा परी साम्रा परिवारकै २ जना घाइते भएका छन् ।