त्रिशुलीमा खसेका बस चुम्बक र पानी मुनि क्यमेरा लगाउदा पनि भेटिएनन
चितवन – चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेका दुई वटा यात्रुवाहक बस र त्यसका यात्रुको खोजी कार्य आज पनि जारी छ ।
आज पनि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सहितका सुरक्षाकर्मी र गोताखोर परिचालन गरिएको छ ।
नारायणी नदीमा हिजो तीन जनाको शव फेला परेको थियो । ती मध्ये दुई जना नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर-२९ सिमलतालस्थित त्रिशुली नदीमा खसेको बसमा सवार यात्रु रहेको पुष्टि भएको छ ।
हिजो बिहान भरतपुर, २८ गोलाघाटस्थित नारायणी नदीमा एउटा शव फेला परेको हो भने नवलपुरको गैंडाकोट-७ स्थित नारायणी नदीमा दुई जना पुरुषको शव फेला परेको हो । अन्यको यात्रुको खोजी जारी छ ।
बसलाई गोताखोरले चुमबक लगाएर खोजीकार्य गरेको छ भने पानी भित्र क्यामेरा लगाएर खोजी कार्य गरेपनी अझै बस फेला परेको छैन। त्रिशुलीना अझै पानीको वहाव घटेको छैन ।
बस बेपत्ता र आफन्त बेपत्ता भएपछि मृतकका आफन्त र गाउँ शोकाकुल बनेको छ। असार ३०