उपनिर्वाचनको लागि सेना परिचालन

काठमान्डौ – नजिकै हुन गैरहेको उपनिर्वाचन चुनावको लागि सेना परिचालन गरिने भएको छ।

मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको लागि राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको लागि स्वीकृत दिएका हुन।

चुनावलाई शान्ति सुरक्षा र भयभित ढङ्गले सम्पन्न गर्न सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृत दिएको राष्ट्रपति कार्यलयले जनाएको छ।

यस्तै मतदान पत्र नभएपनि अन्य कागजातले पनि मत हाल्न पाईने भएको छ। निर्वाचन आयोगका अनुसार नागरिकता , लाईसेन्स ,पासपोर्ट स्थायी लेखाबाट पनि मत हाल्न अधिकार् रहेको आयोगले जनाएको हो।

यहीं मंसिर १६ गते ४१ पदमा निर्वाचन हुँदै छ। जस्को सबै तयारी भैसकेको पनि आयोगले जनाएको छ। चुनावको लागि आ आफ्ना मततादासंग सामाजिक संजालदेखि घर दैलो गर्दै मत माग्नेक्रम तिब्र देखिन्छ । मंसिर १०