बिहीवार चट्याङले हानेको कटहरको रुखमा आगो आज सम्म दनदनि
जेठ ३

काठमान्डौ – चट्याङले हानेको कटहरको रुखमा सल्केको आगो आज सम्म बलिरहेको छ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका–१०, थुम्कीमा बिहीबार राति चट्याङले एउटा सुकेको कटहरको रुखमा आगो लागेपछि शुक्रबार दिनभरि त्यस क्षेत्रभरि त्रास फैलिएको थियो।
सुकेको रुखमा चट्याङ परेपछि यसरी बलिरहेको देखिनु अत्यन्त दुर्लभ दृश्य हो। अचम्म के छ भने दिन रात उक्त क्षेत्रमा ठूलो बर्षा भएपनि लागेको आगो निभेको छैन।

