मुस्लिम हरुको चाड बकर ईदमा रास्ट्रपतिको सुभकामना ,,
६ भदौ, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम हरुको चाड बकर–इद (इदुल जोहा) ले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।
शुभकामना सन्देश जारी गर्दै भण्डारीले सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेकाले यो पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबद्र्धन गरी मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेकी छन् । आज प्रदेश १ ,२, र ५ मा सार्बजानिक बिदा दिने गरियको छ। काठमान्डौको घण्टाघर स्थित मुस्लिमहरुले नामाज पढ्ने र एक आपसमा सुभकामना साटा- साट गर्ने गरेका छन्। नामाज पढेर घरमा पुगे पछि खसी भेंडा को बलि दिने र आफ्नो समाजमा रमाईलो गरि यो चाड मनाउने गरिन्छ।