निर्मला हत्या प्रकरणमा गृहमन्त्रीको राजानीमा माग ,,,

९ भदौ, बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै डडेल्धुरा र काठमान्डौको मईतिघरमा प्रदर्शन गरिएको छ ।निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको र आन्दोलनमा सहभागी किशोर सनि खुनालाई गोली हानी मारेको भन्दै डडेल्धुरामा शनिवार पनि आम नागरिकहरुले आन्दोलन गरेका हुन् ।

सोमबार अभियुक्तका रुपमा दिलिप विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको यहाँका नागरिक अगुवाहरुको आरोप छ । प्रहरीले वास्तविक अपराधी लुकाई मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी देखाएको उनीहरुको भनाइ छ ।आन्दोलनमा उत्रिएकाहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् । आन्दोलनमा नागरिक समाजका अगुवा, स्थानीय समाजसेवी, पत्रकार, उद्योगी व्यवसायीलगायतको सहभागिता थियो ।
दोषीलाई कारबाही नगरे सम्म निर्मलाको शव नउठाउने पीडितले जनायका छन् ।, मृतकलाई सहिद घोसना , आजीवन परिवारको जिम्मा सरकारले लिने र वास्तविक हत्यारालाई फासी दिन पर्ने पिडितको माग छ । सरकार लोकतन्त्र हैन ठोक तन्त्र हो ।, निर्मलालाई न्याय दे ,सरकारले देखायो लाचारी बचायो बलात्कारी, जस्ता नारा लागयारा आदोलन चर्केको छ। करिब डेढ घण्टा सडक अबरुद्द भयको थियो ।
