Gold

आज रक्षा बन्धन मनाइदै ,,

Naumule Migrate

भदौ १० , काठमान्डौ – आज देशभर रहेका मन्दिरमा गयर पुजा गर्दै रक्षा बन्धन मनाईदै छ ।, घर परिवारमा दाजु भाई दिदि बहिनिले हातमा धागो बानिदिने चलन छ। यसो गर्दा परिवारको सम्बन्ध लामो समय सम्म गाडा रहने विश्वास छ।

, दिदि बहिनि नहुने हरु भने मन्दिरमा गयर ब्राह्मण बाट हातमा रक्षा बन्धन बाध्ने गर्दछन। विवाह गर्दा बांधियको डोरी पनि आजै फेर्ने चलन छ ।जनै पूर्णिमाको दिन मन्दिर, खोला, पोखरी, पानीको मूल आदि स्थानमा व्रम्हाणद्वारा मन्त्रोच्चारण गरी जनै फेर्ने वा रक्षवन्धन बाँध्ने गरिन्छ ।

आजको दिन रक्षा बन्धन बाँधिनाले मानिसमा कुनै पनि रोग नलाग्ने बिरामी नहुने पनि किम्वदन्ती छ। धार्मिक कथनअनुसार सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध छ ।

Naumule Badhipahiro