विद्या भण्डारीलाई राष्ट्रपतिको गरिमा र गणतन्त्रलाई अनावश्यक विवादमा नतान्न सुझाव दिएको छु : ओली

काठमान्डौ – प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आफू ले राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र गणतन्त्रलाई अनावश्यक विवादमा नतान्न आग्रह गरेको बताए ।
पार्टी कार्यालय च्यासलमा बसिरहेको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओलीले भण्डारीसँगको भेटवार्तामा पोलिटब्युरोको निर्णयका बारेमा जानकारीसहित केही सुझाव दिएको उनले बताए ।
भण्डारीले सोचेर पछि जानकारी दिने बताउदै धारणा आएपछि पार्टीले थप निर्णय गर्ने ओलीले बताए । यस्तै उनले पूर्वराष्ट्रपति भण्डारीको प्रवक्ता नबन्न नेता कार्यकर्ताहरूलाई चेतावनीसमेत दिएका छन।
अध्यक्ष ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरूलाई आग्रह गर्दै पार्टीभित्र वैचारिक र नीतिगत रूपमा कुनै विवाद नभएकाले सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए।एमालेको केन्द्रीय कमिटी बैठक भोलिसम्म चल्नेछ । साउन ५

