Simta
Simta
lekbesi

विप्लवलाई लाग्यो झट्का एकै पटक ११ जना नेता कार्यकर्ता पक्राउ ,,

Gurvakot

भदौ १४ , इलाम – प्रकाण्डको केस नसकिदै प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ११ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।सूर्योदय नगरपालिका ५ स्थित सुम्फुङ गाँउबाट इलाम र झापाका ११ जना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीमा झापा इञ्चार्ज रहेका मोरङको मिक्लाजुङ गाउँपालिका,३ का सौगात भन्ने अर्जुन आचार्य, झापा सचिव दमक २ का सुमन सिंह पौडेल र विद्यार्थी संगठनका केन्द्रीय सदस्य गौरीगंज गाँउपालिका,१ का सञ्जय राईसहितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीले दमक नगरपालिका–२ का विनोद कुमार राई, झापाको दमक नगरपालिका ७ का सन्तोष लिम्बू, झापा शिवसताषी नगरपालिका ११ का तारा थापा, झापा गाँउपालिका २ का चमनलाल माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विर्तामोड नगरपालिका ३ का चित्र विश्वकर्मा, शिवसतासी नगरपालिका ११ का सुरेन्द्र मिश्र, गौरीगञ्ज १ का भीमकुमार सुब्बा र इलाम देउमाई नगरपालिका ८ का मोहन बहादुर बराल पक्राउ परेका जिप्रका इलामका एसपी माधव श्रेष्ठले जानकारी दिए ।

Simta