suekhet
bheriad

रहेनन गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाल ,,

lekabesi

भदौ,१५ , काठमाडौं – गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । लामो समएदेखि अस्वस्थ भएका रिमालको ९३ वर्षको उमेरमा गएराति बानेश्वर आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको  हो। रिमालका ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत गीत चर्चित छन् । कतिपयले रिमाललाई रेडियो नेपालको पहिलो गायक भन्ने गरेका भए पनि यसको रेकर्ड अरुकै नाममा छ । रिमालभन्दा अगाडि मलेवादेवीलगायतले गीत रेकर्ड गराइसकेका थिए ।

गोपालप्रसाद रिमालका भाइसमेत रहेका उनको परिवार नै नाटकमा लागेकाले उनी सानैदेखि यसमा जोडिएका थिए । उनले फिल्म ‘आमा’ सँगै नाटकहरु सन्तान, मुकुन्द इन्दिरालगायतमा अभिनय गरेका थिए । अभियनसँगै उनले निर्देशनको पाटोसमेत सम्हाले ।रिमालप्रति श्रदाञ्जली अर्पण गर्न अहिले उनको बानेश्वर हाइटस्थित निवासमा कलाकारहरुको भीड लागेको छ ।उनको पार्थिव शरीरलाई अहिले बिहान १० बजेसम्म निवासमा राखिने र त्यसपछि अाजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।