डाक्टरको मागअनुसार मुलुकी संहिता संशोधन गर्न सरकार सहमत तर आन्दोलन नरोकिने ,,
भदौ,१८ काठमाडौं – सरकार र आन्दोलनरत चिकित्सक बीच भएको वार्तामा सरकार डाक्टरहरुको माग संशोधन गर्न सहमत भएको छ । मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका डाक्टरहरुको माग अनुसार ऐन संशोधन गर्न स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले सहमति जनाएका छन् ।मुलुकी अपराध संहिताको इलाजको महलमा डाक्टरले लापरबाहीपूर्ण उपचार गरेमा जन्मकैदको व्यवस्था राखिएको विरोधमा नेपाल चिकित्सक संघको आहृवानमा डाक्टरहरु आन्दोलनमा उत्रिएका थिए।
हिजो देखि ओ पी डी सेवा र आज देखि देशभरका अस्पतालको प्रसासनिक सेवा ठप्प पारेर आन्दोलन भईरहेको छ । आन्दोलनरत डाक्टरसँग सोमबार भएको वार्तामा स्वास्थ्य राज्यमन्त्री यादवले संहितामा शब्द चयनमा कमजोरी भएको भन्दै त्यसलाई सुधार्न सकिने बताएका नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए ।सरकारले मुलुकी संहिता संशोधन गर्न सहमति जनाए पनि चिकित्सक संघले आन्दोलन भने नरोक्ने बताएको छ ।स्वास्थ्य मन्त्रालयले संशोधनको मस्यौदा कानून मन्त्रालयमा पठाउने सहमति भए पनि कानून मन्त्रालयबाट संशोधन विधेयक तयार भएर संसदमा पेश नभएसम्म आन्दोलन जारी रहने अध्यक्ष डा . मुक्तिनाथ श्रेष्ठले बताए ।