तिन सय रूपैमा पुरा बिहे नै समाप्त ,,
भदौ १८ , काठमान्डौ – बिहे गर्दा खर्चालु गर्नु हुन्न भन्ने विषयको एक गतिलो पात्र बनेका छन् उत्तम सञ्जेल ।उनि ४१ वर्षका भय उत्तमले सामान्य ढंगले चप्पल र टिसर्ट लगायर र दुलहीलाई एउटा घुम्टो ओढायर बिहे सकेका छन्। सामाजिक शिक्षाक अभियन्ता सञ्जेलको बिहेमा करिब १ दर्जन व्यक्तिहरु उपस्थित थिए । दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित थिएनन् ।
परिवारका सदस्यहरु निम्त्याउँदा ‘उपहार लेनदेन’ को कुरा आउन सक्ने भएकाले नबोलाएको सञ्जेलले बताए ।करिब ५ मिनेटमा बिहे सकिएको त्यहाँ उपस्थित कलाकार मनोज गजुरेलले बताए । बिहेपछि भोजका रुपमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सबैलाई सुगर फ्री लड्डु बाँडेका थिए । लड्डुको प्रायोजन उनीहरुकै थियो ।
पण्डित नबोलाई गरिएको बिहेमा आफ्नो जम्मा तीन सय रुपैयाँ मात्र खर्च भएको उत्तमले जानकारी दिएका छन् । उत्तमले भने २५ रुपैयाँको सिन्दुर, ७५ रुपैयाँको पोते र १ सय रुपैयाँका दुई मालामा बिहे सकियो । उत्तम र कलाको ४ महिना अगाडि मात्रै चिनजान भएको हो । उत्तमले सञ्चालन गर्ने १ सय रुपैयाँमा उपचार गरिने समता हस्पिटलमा हेल्थ असिस्टेन्टका रुपमा कला कार्यरत छिन् । कार्यक्षेत्रमै रहेका बेला उनीहरु प्रेममा परेका थिए ।
मासिक १ सय रुपैयाँमा पठनपाठन गराइने समता स्कुल सञ्चालन गरेर उत्तमले वाहवाही कमाउदै आएका छन् । उनले सञ्चालन गरेका स्कुल नेपालका ७७ वटै जिल्लाका साथै भारत, श्रीलंका र बंगलादेशमा पनि चलिरहेका छन् । उनले करिब ६५ हजार गरिब विद्यार्थीलाई नर्सरीदेखि नर्ससम्म पढाइरहेका छन् ।‘शारीरिक आकर्षणले भन्दा पनि विचार मिलेकाले हामी एक-अर्कासँग नजिकिएका हौं उत्तमले भने ।
‘