surkhet

अर्थमन्त्री भन्छन करको कुरा फेस्बुके हरुले लेखेका हुन् हल्लाको पछि नलाग्नुस ,,

surkhet

भदौ १८ ,राजविराज -अहिले नेपालका विभिन्न समाचार र आम नागरिकको चर्चा र विषयको कुरा हो कर ।जता ततै कर बढीरहेको छ भन्ने कुरालाई अर्थमन्त्री डा. युवराज खतिवडाले करको विषयमा चलेको फेसबुके हल्ला मात्र हो भनेर बोलेका छन्। खतिवडाले भने
हल्लाको पछि नलाग्न आग्रह गर्दै आमनागरिकलाई भार नपर्ने गरी कर लगाइने पनि बताएका छन् । राजविराजमा करदाता सेवा कार्यालयको उद्घाटन गर्दै खतिवडाले जनताले स्थानीय, प्रदेश वा संघीय सरकारमध्ये एक ठाउँमा कर तिरे पुग्ने पनि बताए ।

दोहोरो तथा अधिकार क्षेत्र बाहिर गएर कर नलगाउन निर्देशन दिइरहेको भन्दै उनले पहिलो पटक संघीय ढंगले कर लागेकाले केही अन्यौल देखिएको स्विकारे ।यो अन्यौल चाँडै हट्ने बताएका उनले उत्पादन गर्दा नलागे पनि बजारमा लगेर कारोबार गर्नेले कर तिर्नुपर्ने बताए । एउटाले गर्दा स्थानीय सबैलाई तिराउन नमिल्ने बताउँदै उनले सधैँ विदेशी ऋणमा निर्भर भएर विकास सम्भव नहुने दाबीसमेत गरे ।

Gorkha

सरकारले आधारभूत सेवाहरु कर संकलन गरेर नै पुरा गर्ने भएकाले करको विषयलाई अनावश्यक रुपमा लिन नहुने धारणा राख्दै उनले मुलुकको ढुकुटी बलियो नभएसम्म विकास असम्भव रहेको बताए । करको दायराभन्दा दरमा भइरहेको फेसबुके हल्ला बढी भएको छ’, उनले थपे, ‘तर यथार्थ भने त्यस्तो होइन, उठाइएका करको पूर्ण सदुपयोग हुन्छ र प्रदेश तथा स्थानीय तहमै खर्च हुन्छ ।’बित्तीय स्रोत व्यवस्थापन र परिचालन गर्न सक्ने स्थानीय सरकारको अधिकारअन्तर्गत कर नीतिमा हेरफेर गरेकाले करको दुरुपयोग नहोस भन्नेमा चनाखो रहनुपर्ने उनले बताए ।

Dailekh

salyan