surkhet

७ जना सवार हराएको हेलिकोप्टर धदिङ्को जंगलमा दुर्घटना ग्रस्तमा फेला पर्यो ,,

surkhet

२३ , काठमाडौं – गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा धादिङको जंगलमा भेटिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार 9NALS कल साइन भएको उक्त हेलिकोप्टर धादिङको सत्यदेवी जंगलमा दुर्घटना भएको अवस्थामा भेटिएको छ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो ।स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् ।

Gorkha

जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर TK 713612068 हो । कुहिरो लागेका कारण हेलिकोप्टर सम्म पुग्न मुस्किल भयको स्रोतले जनायो ।खनियावास गाउँपालिका ५ सिमलडाँडास्थित सिमलडाँडा आधाभुत विद्यालयकी शिक्षिका फुलमाया तामाङले ठूलो आवाज सुनेको बताइन्।

Dailekh

गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर बिहानैदेखि सम्पर्कविहीन भएको थियो। 9NALS कल साइन भएको उक्त हेलिकोप्टर शनिबार बिहान ८ बजेर ५ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो। हेलिकोप्टर क्याप्टेन निश्चल केसीले उडाइरहेका थिए।

salyan