नेपालमै पहिलो पटक गरियो मदनकृष्ण श्रेष्ठको पार्किन्सन्स मस्तिष्कको शल्यक्रिया ,,

असोज २ , काठमान्डौ – वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार आयको छ ।श्रेष्ठ ९ वर्षदेखि पार्किन्सन्स रोगबाट पिडित छन् । उनको अहिले मष्तिस्कको सफल शल्यक्रिया भएको छ । शल्यक्रियाको लागि भदौ २८ गते उनलाई काठमाण्डौको अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

उनको डिप ब्रेन स्टुमुलेसन -डीबीएस) शल्यक्रियापछि उनी घर फर्केका छन् । श्रेष्ठको चार वर्षअघि मस्तिष्कको बायाँतर्फ चिप्स राखिएकोमा अहिले शल्यक्रिया गरी दायाँ साइडमा पनि राखिएको हो । उनको मस्तिष्कको बायाँतर्फ राखिएको चिप्सले शरीरको दायाँ भाग चल्ने गरेको छ ।तर वायाँतर्फ पनि समस्या आएपछि अहिले दायाँतर्फ चिप्स राखिएको हो ।

पार्किन्सन्स नियन्त्रणका लागि उनको दिमागमा राखिएको पेसमेकरमा अर्को तार पनि जोडिएको अस्पतालका डा. रेशा श्रेष्ठ र डा. बसन्त पन्तले बताए । साथै श्रेष्ठको शल्यक्रिया गर्दै डा. रेशा श्रेष्ठ र डा. बसन्त पन्तले यो शल्यक्रिया मुलुकमै पहिलोपटक गरिएको बताइए । अहिले यो समस्या डीबीएसको उपयोग पार्किन्सन्समा मात्र नभएर मानिसक समस्या, ड्रग एडिक्सन, डिप्रेसन, ओसीडीमा समेत देखिएको छ।

lekbesi