एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झनाको सम्झनामा दीप प्रज्वलन

काठमाडौंमा आज एसिड आक्रमणमा परेर ज्यान गुमाएकी १७ वर्षीय सम्झना दासको सम्झनामा दीप प्रज्वलन गरिएको छ । रौतहटकी सम्झनाको सोमबार उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

रेज अगेन्स्ट एसिड भिक्टिमस् ह्यासट्याग समूहले बिहीबार साँझ माइतीघर मण्डलामा मृत आत्माले शान्ति पाओस भनेर कामना गर्दै कार्यक्रम आयोजना गरेको हो । उनकी बहिनी र उनी माथि २६ भदौ राति एसिड प्रहार भएको थियो ।

एसिड प्रहार गरेको आरोपमा छिमेकी रामबाबु दासलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न संस्थाले सहयोगको प्रतिबद्धता जनाय पनि आज सम्म पीडित परिवारले पाइनसकेको कार्यक्रमा बताइयो ।
सुस्मिताको भन्ने कीर्तिपुर अस्पतालमा उपचार जारी छ ।