यात्रुले भरिएको विमान तालमा डुब्यो ,,

असोज १२ ,काठमान्डौ – प्रशान्त महासागरको तटमा रहेको पपुआ न्यूगिनीको एक विमान बिहिबार दुर्घटना भयोएको छ । संघीकृत राज्य माइक्रोनेशियाको छुक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि रनवेमा गुडिरहेका बेला अनियन्त्रित भइ उक्त विमान नजिकैको तालमा पुगेको थियो । विमान रनवेभन्दा एक सय ४७ मिटर पर पुगेको थियो । आश्रयकुरा यो छ कि प्लेनमा भएका सबै यात्रु चालक सकुशल रहेका छन्। तेती ठुलो तालमा जहाज डुब्दा पनि यात्रु सकुसल रहनु भनेको ठुलो भाग्यशालि मान्नु पर्दछ।

विमानमा ३५ यात्रु सहित १२ चालक दल थिय विमान तालमा दुर्घटनाग्रस्त भयो, रनवेभन्दा लगभग एक सय ४७ मिटर पर,’ छुक एयरपोर्टका म्यानेजर जिम्मी इमिलियोले बीबीसीलाई बताए ।इमिलोका अनुसार बोइङ ७३७ ,८०० एयरक्राफ्टमा भएका सबै यात्रुलाई उपचारका लागि अस्पताल पुर्याइएको छ, ।तीमध्ये कतिलाई सामान्य चोट लागेको उनले जानकारी दिए ।उक्त विमान माइक्रोनेशियाको पोन्पेई द्वीपबाट पपुआ न्यू गिनीको राजधानी पोर्ट मोरेसबाईका लागि उडेको थियो । दुर्घटना किन र कसरि भयो भन्ने अनुसन्धान भईरहेको छ ।अहिले विमानस्थलपनि सुरु भयको छ।