कलाकार नपाउदा “रानीमहल” फ्लिम को काम अन्योलमा ,

रंग दर्पण २८ माघ – लामो समयसम्म कलाकार नपाएर छायांकन सुरु हुन नसकेको चलचित्र ‘रानीमहल’को निर्माण यूनिट फेरि समस्यामा परेको छ । यो चलचित्रका मुख्य दुई कलाकारले हात झिकेपछि चलचित्रको निर्माण यूनिट तनावमा परेको हो ।
चलचित्रका मुख्य आकर्षण कलाकार प्रशान्त ताम्राकारले हात झिकेका छन् ।

उनले, चलचित्र छाडेको केहि समयमै नायिका बर्षा सिवाकोटीले पनि हात झिकेकी छिन् । दुबै कलाकारले हात झिकेपछि यसको निर्माणपक्ष फेरि उनीहरुको ठाउँमा नयाँ कलाकारको खोजीमा लागेको छ । नायिका सिवाकोटीले करिब ७ महिना चलचित्रका लागि कुरेकी थिइन् । तर, घोषणा भएको केहि समय बितिसक्दा पनि छायांकनमा चलचित्र जान नसकेपछि उनले छाडेको बताइन् । उनले, चलचित्रको संझौता रकम पनि फिर्ता गरेको बताइन् ।

यसरि, मुख्य दुई कलाकारले नै हात झिकेपछि ‘रानीमहल’को छायांकन अब कहिलेबाट सुरु हुन्छ भन्न सकिदैन ।

यसलाई पनि पढ्नुहोस ,

डोनाल्ड ट्रम्पकी छोरीसँग डेटिङमा गर्दै ८४ वर्षीय म्युजिक डाइरेक्टर बिबाद उत्पन्न,,

अमेरिकाका प्रसिद्ध म्युजिक डाइरेक्टर क्वीन्सी जोन्सले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवाकासँग आफू डेटिङमा रमाएको बताएका छन् । उनको यो भनाइ सार्वजनिक भएलगत्तै विवादित बनेको छ ।

म्युजिक डाइरेक्टर क्वीन्सी ८४ वर्षका भए भने टम्पकी छोरी इवाका भर्खर ३६ वर्षकी भईन् ।

इवाका ट्रम्प डोनाल्ड ट्रम्पकी पहिली श्रीमती इवानाकी छोरी हुन् । पहिलो श्रीमतीतर्फ ट्रम्पको तीन सन्तान छन् ।

एक म्यागजिनलाई अन्तर्वार्ता दिने क्रममा क्वीन्सीले टम्प नश्लवादी भएको आरोपसमेत लगाए ।