महिलाको बस्त्र र प्यानटि चोर्छु धनपैसा ,सुन चोर्दिन ,,
असोज २० , झापा – झापाको भद्रपुरमा एक यस्ता चोर फेला परेका छन्। जसको कुरा सुन्दा अचम्म लाग्छ र उनलाई प्रहरीले पनि के कारबाही गर्ने भन्ने अलमलमा पर्यो ।महिलाका भित्री वस्त्र (ब्रा र पेन्टी) चोरी आरोपमा भद्रपुर ,४ मन्त्री चोकका २५ वर्षीय दीपक राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ। भद्रपुर,६ स्थित भानुनगरका घरमा पसेर बिहीबार राति ब्रा र पेन्टी चोरी भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो।
उनले प्रहरी र स्थानिय सामु आफ्नो चोरी कार्य स्वीकारेका छन्। उनले भने म धन पैसा सुन चोर्दिन तर महिलाको ब्रा र पेन्टी चोर्छु ।जसलाई लगेर उनले सुँघ्ने गरेको बताए ।यो सुनेर सबै चकित परेर प्रहरीले अब देखि यस्तो नगर्न भन्दै छोडदिय । उनले बिहीबार साँझ मात्र चार घरबाट भित्र वस्त्र चोरी गरेको वडा प्रहरी भद्रपुरका प्रमुख प्रकाश जबेगूले जानकारी दिए।