surkhet

ललितपुरका सडकमा ‘स्मार्ट’ बत्ती जडान गरिदै ,,

surkhet

असोज २० , काठमान्डौ – काठमान्डौलाई नेपालको राजधानी भन्न पनि लाग लाग्ने गर्छ। राजधानीको वायु प्रदुषण , बढ्दो शहरीकरण , दुर्घटना ग्रस्त जस्तोले गर्दा नेपालि मात्र नभई विदेशबाट आउने पर्यटक हरु पनि दिक्क छन्। यहाको सडक पार , जेब्रा क्रसिङ्ग, गो ईन लाइट कुनै पनि निएम छैन ।तर अब भने सरकारले भर्खरमात्र यस्तो निएम लागु गर्दैछ ।अँध्यारोलाई हटाउने उदेश्यले ललितपुर महानगरपालिकाको मुख्य सडकमा स्मार्ट बत्ति जडान गरिदै छ ।

Gorkha

सडकका खम्बामा ‘स्मार्ट’ बत्ती जडानपछि आवश्यक मात्रामा बत्ती बल्ने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउँछन् । सडकका दुवैतर्फका खम्बामा बत्ती जडान हुँदैछ । यो बत्ती जडान भएपछि यात्रु वा सवारीको चाप बढ्दा बत्ती धेरै बल्ने र कम हुँदै जाँदा घट्दै जानेछ ।उनले भने, ‘यात्रु र सवारी चालक आएपछि सबै बत्ती बल्छ भने नपर्दा आफैँ निभ्दै जान्छ ।’ चार वटा खम्बामध्ये पालैपालो एउटा खम्बामा बत्ती बल्ने महर्जनले बताए । यसले गर्दा सिसिटिभीबाट पनि सडकका दृष्य देखिनेछ । यो बत्ती बल्दा गाडी नम्बर स्पष्टरुपमा देखिने उनले बताए ।

सवारीको चाप बढी हुने सडकमा तीन चरणमा गरेर ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको महानगरपालिकाले जनाएको छ । पहिलो चरणमा पुल्चोकबाट कुपण्डोलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको प्रवक्ता महर्जनले बताए ।यो कार्य दसैँ अगाडी सकिने महार्जले जानकारी गरे अर्को चरणमा लगनखेलसम्म बत्ती जडान हुनेछ । लगनखेलबाट धापाखेल, पाटनढोका, पिम्बहाललगायतका स्थानमा ‘स्मार्ट’ बत्ती जडान गर्दै जाने योजना उनले सुनाए । ‘आवश्यक भएका ठाउँमा बोलपत्र भइरहेको छ’ उनले भने ।

salyan