मानव अधिकारवादी पद्मरत्न तुलाधरको निधन ,,

कार्तिक १८ काठमाडौं – मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा निधन भएको छ ।उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको हो । मष्तिस्कघातका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो ।

नर्भिकमा डा. पंकज जलान, डा. रमेश चोखानी डा. यादव भट्टलगायतको चिकित्सकको टिमले तुलाधरको स्वास्थ्य जाँच गरेको थियो ।
आइतबार मुटु र फोक्सोले पनि काम गर्न छाडेपछि उनको निधन भएको अस्पतालले जनाएको छ ।तुलाधरको शव अस्पतालबाट दिउँसो निजी निवास लाजिम्पाट लगिएको छ । उनको परम्पराअनुसार सोमबार शोभा भगवतीमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।