surkhet

निर्मलाका स परिवार आमरण अनशन बस्ने ,,

surkhet

कार्तिक १८ , कैलाली – कञ्चनपुरकि निर्मला पन्तको बलात्कारपछि हत्या भयको करिब ३ महिना भयको छ। उनको गत साउन १० गते
बलात्कार पछि हत्या भयको थियो ।साथि कहा होमर्का गर्न गएकि निर्मलाको बिहान उखुबारीमा शव भेटिएको थियो। सरकारले एक हप्तामा दोषीलाई कारबाही गर्ने प्रतिवदत्ता गरेपनि अहिले सम्म झिङ्गो पनि मार्न सकेको छैन। अब भने निर्मलाका बुबा यज्ञराज पन्तले सरकारले दोषी पत्ता लगाउन नसके आफ्नो परिवार आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।

Gorkha

आइतबार भीमदत्त नगरपालिका २ स्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेका उनले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र त्यति गर्दा पनि सुनुवाइ नगरे सपरिवार आमरण अनशन बस्ने चेतावनी दिएका हुन् ।हत्यामा संलग्न दोषी पत्ता लगाउन १ हप्ताको अल्टिमेटम दिएका उनले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने बताएका छन् ।

यदि धर्नापछि पनि सुनुवाई नभए सपरिवार आमरण अनशन बस्ने चेतावनी दिएका हुन् ।दोषीलाई कारवाही गर्न नसकेको भन्दै सरकारले घटनालाई थामथुम पार्न खोजेको निर्मलाका बुवाले आरोप लगाए ।घटनाको छानविनका लागि विभिन्न टोली गठन गरे पनि घटनामा सम्लग्नको पहिचान अहिले सम्म हुन सकेको छैन

 

salyan