suekhet
bheriad

सेयर कारोबार अब अनलाइनबाटै गर्न सकिने ,,

lekabesi

कार्तिक २० ,काठमाडौँ – अबदेखि सेयर कारोबार अनलाइनबाटै गर्न सकिने भएको छ। लगानीकर्ताहरूले सेयर किनबेचका लागि ब्रोकरको कार्यालयसम्म धाउनुपर्ने छैन । नेपाल स्टक एक्सचेञ्जले मंगलबारदेखि सेयर कारोबारलाई अनलाइन प्रणालीमा लगेपछि यो सम्भव भएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले होटल याक एन्ड यतिमा मंगलबार बिहान आयोजित एक समारोहमा अनलाइन सेयर कारोबारको उद्घाटन गरे । अर्थमन्त्रीले उद्घाटन गरेसँगै अबदेखि लगानीकर्ताले इन्टरनेटबाटै जहाँसुकै बसेर पनि आफैंले कारोबार गर्न सक्ने छन् । लामो समयदेखि ओरालो लागेको सेयर बजार अब अनलाइन कारोबार थालनीसँगै सकारात्मक बन्ने विश्वासको आशा गरिएको छ ।