७ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री ‘बर्खास्त’ ,,

कार्तिक २७ काठमाडौं – ७ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री बर्खास्तमा परेका छन् । पार्टीको निर्देशन नमानेको, पदीय मर्यादा कायम नराखेको लगायतका आरोपमा तत्कालिन एमालेको तर्फबाट मन्त्री बनेका मन्त्री दीर्घबहादुर सोडारी बर्खास्तीमा परेका हुन् ।

नेकपाका ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको सिफारिसमा मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पदबाट हटाएको बताइएको छ ।यसबारे नेकपा प्रदेश नम्बर ७ ले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ।