Gold

राष्ट्रियसभा सदस्य पासवानमाथि कुटपिट ,,

Naumule Migrate

कार्तिक ३० सर्लाही – राष्ट्रियसभा सदस्य रामप्रित पासवानमाथि शुक्रबार उनकै गाउँमा कुटपिट भएको छ । शुक्रबार आफ्नै गाउँमा पंचायत भइरहेको समयमा केही गाउँलेले पासवानलाई कुटेका हुन्। उनको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ कविलासी नगरपालिका – ६ मदनपुरमा गाउँमा पंचायत भइरहेको समयमा केही व्यक्तिले आफूमाथि आक्रमण गरेको सदस्य पासवानले बताए।

मलंगवा आउँदै गरेको समयमा पंचायत भइरहेको थियो। गाउँलेले छलफलमा एकछिन बस्नका आग्रह गरे’, उनले भने। छलफलकै क्रममा स्थानीय वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश राय लगायत ७ जनाले एक्कासी कुटपिट गरेको पासवानले बताए।

छलफलमा आफूले बोल्ने बित्तिकै उनीहरुले मुक्का र हेलमेटले पिट्न थालेको पासवानको भनाइ छ। ‘गाउँलेले मलाई नभगाएके भए ज्यानै लिन्थे’, पासवानले भने, ‘आज यसलाई सिध्याउनु पर्छ भनेर आक्रमण गरेका थिए, गाउँलेहरुले मलाई जोगाए।

जिल्ला अस्पतालमा उपचार गराएर उनी अहिले घर फर्किएका छन्। पासवानमाथिको हमलाको नेपाल दलित सेवा समाजले विरोध जनाएको छ । सङ्घका जिल्ला अध्यक्ष हेमन पासवानद्धारा हस्ताक्षरित विज्ञप्तिमा घटनाका दोषीलाई तत्काल कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

Naumule Badhipahiro