चौतर्फी विरोधपछि सरकारले हटायो जोर विजोर प्रणाली ,,

मंसिर,१४ काठमाडौं – चौतर्फी विरोधपछि सरकारले जोर विजोर प्रणाली हटाएको छ । विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले एक सुचना जारी गर्दै जनाएको छ ।विवादास्पद एनजीओले गर्न लागेको एसिया प्यासिफिक समिट-२०१८ का लागि भन्दै ट्राफिक प्रहरीले १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागू गरिएको थियो ।

पहिलो दिन नै यसको चर्को विरोध भयको थियो । जोरविजोर प्रणाली अवज्ञा गर्न आहृवान समेत भएको थियो । सरकारकै आलोचना भएपछि गृह मन्त्रालयले शुक्रबार विहानबाट जोरविजोर प्रणाली हटाउन निर्देशन दिएको छ ।
