नेपाली महिलामाथि भारतीयले खुकुरी प्रहार ,,
मंसिर १८ ,काठमाडौँ – भारतीय एक ब्याक्तिले नेपाली महिलामाथि राजधानीको गौशालामा खुकुरीले आक्रमण गरेका छन् । गौशाला बस्ने सर्लाही हरिवनकी एक महिलालाई सोमबार दिउँसो २ बजे खुकुरी प्रहार भयको हो ।
महानगरीय प्रहरी वृत्त गौशालाले खुकुरी प्रहारमा संलग्न तिलगंगा बस्ने भारतको बिहारका आन्नद कुमारलाई हतियारसहित पक्राउ गरेको छ । घाइते महिलाको ओम अस्पताल चाबहिलमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।