चलचित्र जिरोको दोस्रो गीत रिलिज शारुख र सलमानको जमेको जोडी ,,

रेड चिल्ली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘जिरो’को दोश्रो गीत रिलिज गरिएको छ । ‘इशकवाजी’ बोलको गीत युटुबमा रिलिज भएसँगै यसले हंगामा मच्चाएको छ । यो गीत विशेष हुनुको कारण यसमा अभिनय गरेका २ बलिउडका स्टार हुन् । यो गीतमा चलचित्रका मुख्य नायक साहरुख खान र केमियो भूमिकामा देखिएका सलमान खानलाई देख्न सकिन्छ ।

यसैविच, चलचित्र ‘जिरो’को ट्रेलरले युटुबमा सर्वाधिक चाडो १० करोड भ्यूज बटुलेर नयाँ रेकर्ड राखेको छ । चलचित्रमा साहरुखको जोडीको रुपमा कट्रिना कैफ र अनुष्का शर्मा देखिएका छन् ।

सलमान र साहरुखको जोडीका कारण पनि दर्शकका लागि यो गीत विशेष बनेको छ । अजय,अतुलको संगीत, इर्शाद कमिलको शब्द र सुकविन्दर सिंहको आवाज छ । आनन्द एल राइको निर्देशनमा तयार भएको यो चलचित्र डिसेम्बर २१ तारिखमा रिलिज हुँदैछ ।चलचित्रमा शारुख खान सबै भन्दा छोटो ब्याक्तिको भूमिकामा छन् ।सलमानले शारुख खानलाई आफ्नो कोदिमा राखेका छन् ।