रुकुम चौरजहारी

प्रहरीको गोली लागेर घाइते भएका राजनको घटना विवरण उनले अन्तिम दिन ११ लाख …

रुकुम आठ विसकोट

मंसिर २१ , काठमान्डौ – आज दिउँसो रातोपुलमा प्रहरीले गोली चलाउँदा घाइते भएका राजन लिम्बु ६ वटा घटनामा संलग्न भइ फरार रहेको भेटिएको छ । महानगरीय अपराध अनुसन्धान महशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी अनुसार लिम्बु ६ वटा घटानमा संलग्न रही प्रहरीको वान्टेड सूचीमा रहेको थिय ।

उनका अनुसार लिम्बु यसअघि पनि ६ वर्ष जेल बसेर निस्केका थिए ।लिम्बुको घर पनि इटहरीमै छ त्यसअघि ०६३ सालमा उनले रोयल कोअपरेटिभ लिमिटेडको कार्यालयमा प्रवेश गरेर ११ लाख ३० हजार रुपैयाँ लुटिएको घटनामा पनि संलग्न भएको प्रहरीको भनाइ छ । उनले त्यतिवेला पेस्तोल देखाएर लुटपाट गरेका थिए ।

पछिल्लो पटक उनले १२ मंसिरमा इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरमा सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटेका थिए । वान्टेडमा रहेको उनको खोजि कार्य तिब्र थियो आज उनलाई काठमाण्डौको रातोपुलमा प्रहरीले गोलि हानेको थियो ।

खुट्टामा गोलि लागेर घाईते लिम्बुको अहिले वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।उनको साथबाट एक चाईनिज पेस्तोल सहित चार राउण्ड गोलि पनि प्रहरीले बरामद गरेको छ।

 
महानगरीय अपराध महाशाखका अनुसार राजन आधा दर्जन घटनामा प्रहरीको मोस्ट वाण्टेड सूचिमा थिए ।

घटना नम्बर १. २०६२ कात्तिक २ गते काठमााडौं प्रहरीमा मुद्दा दर्ता भएर डाँका मुद्दामा फरार । प्रतिवादी थमन गुरुङ समेतका ६ जनाले हातहतियारसहित सन्तोष लिम्बुलाई नियन्त्रणमा लिएर नगद तथा जिन्सी सामान डाँका गरी लगेको ।

 

घटना नम्बर २. २०७३ फागनु १५ गते को.२८प ४४४ नम्बरको बुलेट मोटरसाईकल चढी आएका पूर्णबहादुर लुङ्गेली मगर समेतका मानिसहरुलाई राजनले जीवन विकास लगु विद्युत्त संस्थाका कर्मचारीहरुलाई पेस्तोल देखाई घर्रामा भएको १० हजार र सोही संस्थामा कारोवार गर्न आएका बिरबहादुर प्रधानको साथमा रहेको नगद रु ९० हजार समेत लिई फरार भएको ।

घटना नम्बर ३. २०६३ साउन ३० गते काठमाडौंमा रविन राईलाई गेष्ट हाउसबाट हतियार देखाई ८६ हजार बराबारको धनमाल डाँका गरी लगेको ।

घटना नम्बर ४. २०६३ असोज २१ गते, राजन लिम्बु समेतको समूहले गेष्ट हाउसको काउन्टरमा पेस्तोल देखाई ३ लाख ६१ हजार नगद लुटेको ।

घटना नम्बर ५.  २०६३ भदौ २० गते राजन समेतका चार जनाले रोवल को–अपरेटिभ लि. को कार्यालययमा प्रवेश गरी पेस्तोल देखाएर नगद ११ लाख ३० हजार बराबरको धनमाल डाँका गरेर फरार भएको ।

घटना नम्बर ६. २०७५ मंसिर १२ गते सुनसरीको इटहरीस्थित आईएमईबाट पीडितलाई छुरा प्रहार गरी ३ लाख नगद डाँका गरेर भागेको ।