राजदूत शेर्पा काठमाडौं आईन परराष्ट्रले लियो स्पष्टीकरण ,,

Naumule

मंसिर, २४ काठमाडौं – मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले काठमाडौं बोलाएको छ । नेपाल आइपुगेकी उनले अभियोगबारे आइतबार नै परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिएकी छन् ।

Gurvakot

उनको सवारी चालक वाङ्छु शेर्पाले लक्कीमाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको थियो । परराष्ट्रले आरोपबारे उनीसँग स्पष्टीकरण नै सोधेको थियो । तर, शेर्पाले दिएको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएपछि परराष्ट्रले उनलाई काठमाडौंमै झिकाएको हो ।

शेर्पाको बारेमा मन्त्रालयद्वारा गठित ३ सदस्यीय समितिले छानबिन थालेको छ । स्पष्टीकरणका क्रममा राजदूत शेर्पाले के भनिन् भन्ने परराष्ट्रले खुलाएको छैन ।

Bangad kupinde