सरकारले भनछ डा. केसीका अधिकांश माग पूरा भइसक्यो ,,
पुस २६ काठमाडौं – सरकारले चिकित्सा शिक्षासँग जोडिएका डा. गोविन्द केसीको अधिकांश माग पूरा भइसकेको बताएको छ ।शिक्षा तथा स्वास्थ्य समितिको निर्णयपछि डा. केसीले अनसन बस्ने नभई उत्सव बनाउनुपर्ने सरकारका प्रवक्ताको टिप्पणी छ ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘केसीले उठाएका मागहरु सबै पूरा भइसके जस्तो लाग्छ ।’
उनले अघि भने, ‘यसमा के सम्बोधन भएन र ? यो उत्सव मनाउन पर्ने बेला हो जस्तो लाग्छ ।केसीले अरु विषयमा केके मिटिङ बैठक गर्नुहुन्छ, क,कसको अनुरोधमा माग राख्नुहुन्छ थाहा नभएको मन्त्री बास्कोटाले टिप्पणी गरे ।

डा. केसीले उठाएका द्वन्द्वकालीन मुद्दा लगायतका मागतर्फ संकेत गर्दै उनले भने, ‘विशुद्ध व्यवसायिक हो कि अरु केही खिचडी सिचडी केके हो हेर्नुहोला ।
डा. केसी भने १० साउनमा आफूसँग भएको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक अगाडि बढाएको भन्दै बुधबारदेखि इलाममा आमरण अनसन बसेका छन् । उनको यो १६ औ अनसन हो ।