१० लाख धरौटी बुझाएर छुटे रावल पोलिमर १० रुपैया छपाई प्रकरण : ,,

माघ ७ काठमाडौं- पोलिमर नोट छपाईमा भएको भ्रष्टाचार मुद्धामा मुछिएका पूर्वगभर्नर तिलक रावललाई १० लाख रुपैयाँ धरौटी लिएर विशेष अदालतले रिहा गरेको छ ।

सोमबार सकिएको थुनछेकको बहसपछि विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीश रत्नबहादुर बागचन्द र सदस्य न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले रावलसँग १० लाख रूपैयाँ धरौटी माग गर्ने आदेश दिएको थियो । रावलले अदालतले तोकेको १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

करिब १६ वर्ष पुरानो अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाईमा भ्रष्टाचार भएको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही पुस ५ गते रावल, राष्ट्र बैंक नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय एजेन्ट भनिएका हिमालयबहादुर पाण्डेविरूद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो । रावल बाहेक उनीहरु भने अदालतमा उपस्थित भएका छैनन् ।