नवलपरासीमा पनि कोरोन संक्रमित फेला ,
वैशाख ३१ ,नवलपरासी – पश्चिम नवलपरासीका पहिलो कोरोना संक्रमित फेला परेका छन् । उनि सजिलै नेपाल छिर्न नसकेपछि अवैध बाटो हुँदै वैशाख २८ गते नेपाल आएको खुलेको छ ।
संक्रमित व्यक्ति प्रतापपुर गाउँपालिका वडा ५ श्रीरामपुरका ३६ वर्षीय पुरुष हुन् । तर उनलाई घर पुग्न नपाउँदै स्थानीयहरुले बैदौली पुलबाट नियन्त्रणमा लिइ गाउँपालिका र प्रहरीको सहयोगमा क्वारेन्टाइन पठाएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयले २९ गते उनको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो ।
जिल्लाको प्रतापपुर गाउँपालिकाबाट उनीसहित ३० जनाको कोरोना परीक्षणका लागि स्वाब नमुना संकल गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो ।
रिपोर्ट संकलनमा उनको मात्र पोजेटिभ देखिएको हो ।जिल्लामा कोरोना पोजेटिभ भेटिएपछि स्थानीयमा त्रास बढेको छ ।
हाल क्वारेन्टाइनमै रहेका उनलाई जिल्लाको पृथ्वीचन्द्र अस्पतालको आईशोलेसनमा पठाउने तयारी भैरहेको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए ।
भारतबाट लुकि छिपी नेपाल प्रवेश गर्ने गरेपछि नेपालका विभिन्न जिल्लामा संक्रमित दैनिक बढ्नथालेका छन् ।

