विवादमा परिन नायिका रेखा थापा ,
जेठ २२ ,काठमान्डौ – नायिका रेखा थापाको अभियक्तिलाई लिएर अहिले सामाजिक संजालमा चर्को विरोध आलोचना भईरहेको छ।
गत १० गते रुकुम पश्चिमको हत्या काण्डलाई लिएर रेखा थापाले घटनाका दोषीलाई कारबाही गरि पिडितलाई अबिलम्म्ब न्याय दिनुपर्ने बताएकि छिन।
तेसैमा थापाले थपेकी छिन यस घटनामा जोडीएकि किशोरिको बारेमा जसरी चरित्र हत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएको छ, तेस्ले फेरिपनी उत्पीडित वर्ग माथि प्रहार भयो भन्ने लाग्छ यो विषयलाई लिएर नायिका थापालाई देश देखि विदेशबाट उनका दर्शकले गालि गर्ने ,विरोध गर्ने गरेका छन्।
रुकुम पश्चिम चौहरजारी सोती ८ कि सुस्मा मल्लसंग जाजरकोट भेरीनगरपालिकाका नबराज बिकको प्रेम सम्बन्ध रहेको थियो।
सुस्माले नबराजलाई आफुलाई लिन बोलाएपछि नबराज आफ्ना साथिहरुलाई लिएर रुकुम पुगे तर नबराज सहित ६ जनाको जातिय कारण देखाउदै हत्या गरियो अहिले यो राज्यको काण्ड बनेको छ ।
दोषीलाई तत्कालै कारबाहीको माग गर्दै गृहमन्त्रालयले छानबिन समिति गराएपनि दोषी को हो भन्ने पनि पत्ता लागेको छैन। घटनाको दोषी भन्दै १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तर पत्रकार र युटुबरले घटनास्थलमा पुगेर विभिन्न व्यक्तिसंग लिएको अभियक्ति र सम्प्रेषण समाचार भिडियोले अहिले यो घटनालाई दुई धार बनाएको छ।
कतिपयले केटि पक्षको सपोर्ट गरेर सम्प्रेषण गरेका छन् त कतिले केटा पक्षको धेरै मात्रामा मृतकको शवको फोटो हाल्ने र केटिको फोटो म्यासेज सार्वजनिक गरेर कसरि भिउज बढाउने भन्नेमा लागेका छन्।
जसले गर्दा बाँचीरहेका नागरिकको पनि चरित्र हत्या गर्ने गालि खुवाउने काम भईरहेको छ। तेस्ता युटुबलाई प्रेस काउन्सिलले पनि नियालिरहेको छ।
६ जनाको जातीय द्वन्द मच्चाउने गरि हत्या गरिएपछि नागरिक आक्रोसमा नआउने कुरा त पक्कै होइन तर छिटो भन्दा छिटो पीडितले न्याय पाउनुपर्छ भन्ने सबै नागरिक सरोकार ,मानव अधिकारको आवाज हो।
यो विषयमा अहिले कसैले कुनै तर्क दियो भने उ लगायत घर परिवारले गालि बेजत सहनपरने स्थिति देखिन्छ। सत्य कुरा के हो त ,सरकारले छानबिन गरिरहेको छ ।
,मान्छे मर्ने अपराधी हुन् कानुनि कारबाही हुनै पर्छ ,तर फेसबुकले दिएको गालि र भिडियोले पक्कै न्याय हुन्न यसमा सबैले बुझ्न जरुरि छ।
नायिका रेखा थापाले यो पनि लेखेकी छिन दलित संग प्रेम सबंध गर्ने ति युवतीले आँट गरेकी छिन स्यालुट छ ,समाज बिरुद्द अन्तर्जातिय प्रेम गर्ने सहास भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त?
दोषिलाई कानुनी कार्वाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ती बजारमा लीलाम गर्नु पर्ने ?
नेपालमा केटी मान्छेको बेइज्यत गरेर मात्र न्याय पाउने हो र ? थापाको यो अभियाक्तिले अहिले उनले सामाजिक संजालमा विभिन्न खाले गालि आलोचनाको सामना गर्नुपरको छ।
,कतिले त उनको फोटो राखेर रातो चिन्न लगाएर रिप लेखेका छन् यो कार्य पक्कै पनि राम्रो होइन।
यस्तो छ नायिका रेखा थापाले रुकुम पश्चिम घटनामा दिएको अभित्यक्ति ,


