Gold
Bangad salyan

सुर्खेतमा वेपत्ता भएको ५ महिनापछि यो अवस्थामा कंकाल फेला पर्यो ,

साउन ४ ,सुर्खेत – सुर्खेतको बराहताल गाउँपालिका १ का ३० वर्षीय शिवराम राना २०७६ फागुन १० गते साथीहरुसँग शिकार खेल्न गएका थिए । पाँच महिनापछि उनको कंकाल प्रहरीले फेला पारेको छ ।

उनी आफ्ना अन्य दुईजना साथिसंग बर्दिया राष्ट्रिय निकुञ्जभित्र शिकार खेल्न गएका थिए। शिवाराना हराएको भन्दै शिवरामकी श्रीमती मनरुपा रानाले आफ्नो श्रीमानलाई खोजिदिन प्रहरीसामु जानकारी गरिन।

उनीसंग सिकार खेल्न गएका साथीहरु भने भारततर्फ लागेको जानकारी हुन आयो। परिवारले संगै गएका साथीहरु आउने र आफ्ना परिवार नाउने भएपछि दुई जनाविरुद्ध कर्तव्य ज्यानमुद्दा सम्बन्धी जाहेरी दिएपछि असार १६ गते उनीहरुलाई पक्राउ गर्यो।

पक्राउ गरिएका एक जनाको बयानपछि उनलाई साथमा लगेर प्रहरीले बर्दिया राष्ट्रिय निकुञ्जमा पुग्यो।

प्रहरी टोलीले बर्दियाको ठाकुरद्वार नगरपालिका,१ स्थित बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट शिवराम रानाको कंकाल फेला पारेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार रानाको हात, खुट्टाको हड्डी, खप्परसहित एक नाले भरुवा बन्दुक, उक्त बन्दुकमा प्रयोग गरिने छर्रा, एक/एक थान हँसिया, खुकुरी, चक्कु, मृतकको कपडा, झोला र चप्पल पनि फेला परेको छ ।

पक्राउ परेका यामबहादुर सम्सेवी र सूर्य बहादुर वलीको बयानका अनुसार उनीहरु घटनापछि गाँउमा नपुगेर केहि दिन बर्दिया बसे र बर्दियाबाटनै भारत तर्फा लागेका थिए।

आफन्तले फेला परेका कपडा ,चप्पल ,कंकाल शिवारानाकै भएको खुलेको छ प्रहरीले मृतकको डीएनए परीक्षण गरिने बताएको छ।

श्रीमतीले भने गत बिहीबार आफ्नो श्रीमानको हत्या भएको भन्दै गत बिहीबार प्रतिवादी सम्सेली र वलीविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएकी छिन् ।

पक्राउ परेका दुई जनामाथि अनुसन्धान गर्दा शिवरामलाई बाघले मारेको खुल्न आएको प्रहरीले जनाएको छ। शिकार गर्न जाँदा हामीहरु मृग लखेट्दै आएका थियौं, शिवरामले बन्दुक ताकेर बसेका थिए।

त्यसैबेला उनीमाथि बाघले आक्रमण गर्यो, हामी भाग्न सफल भयौ पक्राउ परेका यामबहादुर र सूर्य बहादुरसँगको बयानलाई उदृत गर्दै प्रहरी उपरीक्षक एसपी भट्टले भने। तर दुवै विरुद्द कर्तव्य ज्यान मुद्दा दर्ता भएकोले थप अनुसन्धान भईरहेको भट्टले बताए।