Gold
Bangad salyan

कर्णालीमा आज ११ जना कोरोना संक्रमित थपिए ८ जना निको भए,

साउन ५ ,सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा थप ११ जना नँया कोरोना संक्रमणका बिरामी फेलापरेका छन् भने आजै ८ जना कोरोनालाइ जितेर घर फर्कीएका छन्।

आज थपिने संक्रमितमध्ये सुर्खेतका ४ ,सल्यानका ३ जना , दैलेखका १ जना, कालीकोट र हुम्लाका १-१ जना रहेको रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

यो संगै हाल सम्मको कर्णालीमा संक्रमितको संख्या १७४९ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १५१९ पुगेको ।

कर्णालीका विभिन्न आईसोलेसन्मा गरि २२४ जना रहेका छन् ,भने माथिको संख्याबाट हाल सम्म कर्णालीमा ६ जनाको निधन भईसकेको छ।

कर्णालीका दशवटा जिल्लामा कोरोना फैलीएको छ भने पछिल्लो क्रममा नेपालमा कोरोना संक्रमणका बिरामी घट्दो क्रममा देखिने गरेका छन्।