Gold
Bangad salyan

नेपाली लोक सॅंगीतका खम्बा प्रेमराज महत र उनकी पत्नीलाई कोरोना पुस्टि ,

साउन २४ ,काठमान्डौ -नेपाली लोक सॅंगीतका खम्बा प्रेमराज महत र उनकी पत्नीलाई कोरोना पुस्टि भएको छ। महतले शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत् आफू र पत्नी कबिता महत संक्रमित भएको जानकारी गराएका हुन् ।

लोकगायक महत अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महावाणिज्यदूत रहेका छन्।

तेस्तै उनलाई नेपाल देखि विदेश सम्मका नेपाली तथा सुभचिन्तकले सु स्वास्थ्यको कामना ब्यक्त गरेका छन्।

महतलाई नेपालीले लोकसंगीतको ओजस्वी मान्ने गरेका छन् ,उनका लोकप्रिय हजारौ चलचित्रका गित संगीतले नेपालीको मन जित्न सफल भएका छन्।

महतले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् हामीले ध्यान पुर्याउदा पनि कोरोना भाईरस हुने पुगेको छ ,हामि अहिले आफ्नो घरको एक कोठाको आईसोलेसनमा बसेका छौ ।

उनि अगाडी भन्छन यदि हामीलाई जस्तो हजुर कसैलाई पनि भएको छ भने कोहि कसैले रोग लाइ गोप्य नराखी समुदायलाई सुचित गरि स्वस्थ्य कार्यालयलाई जानकारी गराई उपचार गर्न अनुरोध गर्दछु।