गण्डकी प्रदेशमा मंगलबार १७ जनामा कोरोना संक्रमण पुष्टि,
भदौ ९ ,कास्की – गण्डकी प्रदेशमा मंगलबार १७ जनामा कोरोना संक्रमण फेलापरेको छ। जसमा १ पत्रकार ,दुई सुरक्षाकर्मी छन् भने एक दुबईबाट फर्कीएका ब्याक्ति सहित ११ जना महानगरपालिकाका हरुमा कोरोना संक्रमण फेला परेको हो।
तेस्तै तनहुँकोभानु नगरपालिकामा पनि मंगलबारनै ६ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
आजको मिति सम्म गण्डकी प्रदेशमा कोरोना संक्रमित १८ सय ८ पुगेका छन् भने ,८ जनाको हाल सम्म निधन भईसकेको छ।

