नेकपा स्थायी कमिटि बैठक ४ दिन पछि ,
भदौ २२ ,काठमान्डौ – नेकपाको स्थगित भएको स्थायी कमिटि बैठक २६ गते बसने भएको छ।
नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले साउन १३ गते स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भदौ २६ गते स्थायी समिति बैठक बोलाएको जानकारी दिएका हुन् ।नेकपा स्थायी समिति बैठक गत साउन १३ गतेबाट स्थगित भएको थियो।
बैठकबारे सोमबार बिहान बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीचको छलफलले स्थगित बैठक बोलाउने सहमति जुटाएको बताईएको हो ।

