Gold
Bangad salyan

सभामुख महराले गरे सडकमा अलपत्र परेकी पूर्व जनयुद्द कलाकारको उद्दार,

भदौ २८ ,काठमान्डौ – पूर्व सभामुख कृष्ण बहादुर महराले सडकमा बसोबास गरिरहेकी रोल्पाकी एक जनयुद्द माओवादीकि कलाकारको उद्दार गरेका छन्।

रोल्पाको त्रिवेणी गाँउपालिका वडा न ५ जगरपुरकि एक पूर्व जनयुद्द कलाकार बाटोमा सुतिरहेको अवस्थामा भिडियो सार्वजानिक भएको थियो।

भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको देखेपछि सभामुख कृष्ण बहादुर महराले ति महिलालाई उद्दार गरेका हुन्। संकटकालको बेलामा कक्ष ८ मा पढ्दै गर्दा माओवादीले अपहरण गरि ति महिलालाई लागेको थियो ,वर्गीय जनयुद्दको गित संगीत गाउने भन्दै लागिएकि उनको सिन्धुपाल्चोकमा बिहे भएको बताईएको छ।

श्रीमान्ले दलित भनेर छोडेपछि अहिले बिट्ठु नाम गरेकी ति महिलाको होस् भने छैन। पूर्व सभामुख कृष्ण बहादुर महराको पहलमा नेपालगंजस्थित निलसागर सेवाश्रमले अहिले आमाछोरिको उद्दार गरेको छ।