Gold
Bangad salyan

उही खोलिको पानिलाई टक्कर दिने गित राम कसम बजारमा, यस्तो बन्यो भिडियो ,

असोज ११ ,काठमान्डौ – नेपाली लोकदोहोरी गित उही खोलिको पानीको रचनाकार केशव पौडेलले पुन: राम कसम बोलको गित बजारमा ल्याएका छन्।

उही खोलिको पानि गितले नेपालि लोकदोहोरी क्षेत्रमै पहिलोपटक करोड कल्बमा पुगेको थियो।

जसलाई दर्शकले अत्यधिक माया गरेका थिए भने अझैपनि उक्त गित विभिन्न पार्टी बिहे ,सभा सम्मेलनमा दर्शकले बजाउने र नाच्ने गर्दछन।

सर्जक केशव पौडेलले राम कसम चट्टै आऊ माया झट्टै बोलको गितलाई पनि कुनै कमि नराखी बजारमा पठाएका हुन्।

यो गितमा भने राेशनकुताल क्षेत्री र जुना श्रीस मगरको स्वर रहेको छ। तेस्तै केशवले कोरेको गुन्द्रुक मिठाे सागकाे बोलको गितले पनि बजार तताएको थियो।

राम कसमलाई चित्र मस्कि मगरले निर्देशन गरेका छन् भने सम्भु चालिसेको छायांकनमा रहेको छ।

सुजन साहीको सम्पादन गितमा जेबिका कार्की र रमेश थापाको अभिनय देख्न सकिन्छ। गित सार्वजानिक भएको छोटो समयमै दर्शकले राम्रो प्रतिक्रिया दिने गरेका छन्।

भिडियो,