Gold

भालु शब्द प्रयोग गर्दा चलचित्रका खलनायक तेजा आर्य र कुल बहादुर ओलीबीच विवाद उत्पन्न ,

Naumule Migrate

असोज १७ ,काठमान्डौ – भालु शब्दलाई लिएर चलचित्रका खलनायक तेजा आर्य र खस भाषाका कुल बहादुर ओलीबीच विवाद उत्पनन भएको छ।

कुल बहादुर ओलीले सार्वजानिक स्थलमा भालु शब्द प्रयोग गरेको भन्दै खलनायक तेजा आर्यले समाजमा अपच हुने र शैह्य नहुने जस्ता शब्द प्रयोग गर्नु गलत रहेको भन्दै करिब आधा घण्टा बढी विवाद उत्पन्न भएको थियो।

काठमान्डौको बानियाटारस्थित तारेमाम होटेलअगाडी ओलीले भालु शब्द प्रयोग गरेपछि केहि छिन स्थानीय जनप्रतिनिधि ,प्रहरीको छलफलपछि विवादलाई सुल्झ्याईएको थियो।

कुल बहादुर ओलीलाई भालु बनाएर ल्याउने भालु नाच गराएको भन्दै केहि छिन नेपालि कमेडीएन कलाकार निर आले समेत विवादमा तानीएका थिए।

छलफलपछि गायक तथा संगीतकार मिन प्रकाश ओलीले बजारमा सार्वजनिक गर्नलागेको गित नाच भालुको छायांकनमा कुल बहादुर ओलीलाई भालु नाचमा अभिनय गराईएको खुलेको थियो।

गित देशभक्त भए पनि यसमा थेगो नाच भालु भनेर प्रस्तुत गरिएको ओलीले बताए। नेपालि समाजमा भालु शब्दलाई नराम्रो रुपले किन लिईने गरेको छ भन्ने कुरालाई समेत यो गितले प्रस्ट पारेको उनले बताए।

छायांकन गरिरहेका मरभुमी नारायण ,निर्देशक गोपाल खड्काका समेत यो गितको विवादमा तानीएका छन्।

दुई दर्जन भन्दा बढी नेपालि चलचित्रमा खलनायकको भूमिका गरिसकेका तेजा आर्यलाई सम्पूर्ण युनिटले गितको समग्र भावको बुझाईसकेपछि उनले उक्त गितमा अभिनयको भूमिका अपनाएका छन्।

तेजाले चलचित्र हिम्मत वाली ,हिरासत ,किङ्ग ,राम जाने लागायत थुप्रै भोजपुरी फ्लिममा समेत अभिनय गरेका छन्।

Naumule Badhipahiro