योगाले जित्न सक्छु कोरोना कलाकार मनोज गजुरेल ,

कार्तिक ११ ,काठमान्डौ – कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको गजुरेलले जानकारी दिएका हुन् ।

गत हप्ता दीलाई अस्पताल लैजाने र ल्याउने क्रममा आफुलाई ज्वरो आउने गरेको र शरीर दुखेपछि पीसीआर टेस्ट गर्दा सोमबार पोजिटिभ आएको उनले बताए ।

आफुले सुरक्षाका मापदण्ड अपनाउदा पनि कोरोनाले नछोडेको र जो कोहीलाई पनि लाग्ने भन्दै सुरक्षित रहन तथा ‘पोजिटिभ’ देखिएमा पनि नआत्तिन आग्रह गरेका छन्।

जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा. रविन्द्र शमिरको सुझाव, सल्लाह र ‘कोभिड उपचार गाईडलाईन’ले आईसोलेसनमा रहेको पनि गजुरेलले बताए ।

उनले अगाडी लेखेका छन् मेरो शरीरमा प्रबेश गरेको यो भाईरस मेरो शारिरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन ।

त्यसैले मैले यो भाईरसलाई आफ्नो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेराे शरीरको जीत र भाईरसको हार झन् चाँडाे हुनेछ ।