भारतीय गुप्तचर संस्था रअ र प्रधानमन्त्रीको भेट प्रकरणले झस्क्याएको छ,भिम रावल ,

कार्तिक १२ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का प्रधानमन्त्री केपी शर्मा ओली भारतीय गुप्तचर संस्था रअका प्रमुखसंग भेटगर्दा विवादमा तानीएका छन्।

भेटबारे पार्टीलाई जानकारी नगराई कात्तिक ६ गते प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई आफ्नै निवासमा बोलाई भेट गरेका थिए।

वालुवाटारमा प्रधानमन्त्री र गोयलबीच करिब ३ घण्टा गोप्य छलफल भएपछि ओलीलाई आफ्नै पार्टीका नेताहरुले आलोचना अगरेका छन् भने विपक्षिदल लगायतका पार्टीका नेताहरुले विभिन्न तिकाटिप्पनि गरेका हुन्।

तेस्तै ओली र गोयलको भेटवार्तालाई चासोको साथ हेरिनुपर्ने र यो विषयको तत्काल पार्टीभित्र छलफल जानकारी हुनुपर्ने नेकपा स्थायी कमिटी सदस्य भीम रावलले बताए।

यसअघिपनि प्रधानमन्त्री ओलीले पार्टीको विधानलाइ मिचेर विभिन्न क्रियाकलाप पटक पटक गरिसकेका छन् ,स्थायी कमिटिमा ओलीको राजिनामा समेत माग गरिएको थियो।

तर ओलीले प्रधानमन्त्री अध्यक्ष दुवै पद नछोड्ने बताएपछि अझै नेकपामा चिसोपना देखिन्छ। अहिले प्रधानमन्त्री ओली र नेकपा अधय्क्ष प्रचण्डबीचनै फाटो आएको छ उनीहरुबीच लामो समयबीच छलफलसमेत हुनसकेको छैन।

नेकपाको स्थायी कमिटी बैठकमा कुनै पनि राष्ट्रिय विषयका संवेदनशील मुद्दामा पार्टीमा छलफल गर्ने, साझा धारणा बनाउने र त्यो धारणाअनुसार सरकार अगाडि जाने सहमति भएको थियो।

तर प्रधानमन्त्री ओलीले तेस्लाई उल्लघन गर्दै अगाडी बढेपछि तत्काल दुवै अध्यक्षले छलफल गरेर स्थायी कमिटी बैठक बोलाउनुपर्ने भिम रावलले बताए।

प्रधानमन्त्री र गोयलबीच वालुवाटारमा भएको भेटवार्ता नेपालको संविधानले गरेको मार्गनिर्देशन र नेकपाको घोषणा, नीति र सिद्धान्तको समेत विरूद्धमा रहेको रावलले बताए।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गोयल भारतीय प्रधानमन्त्रीका विशेष दूतका रूपमा आएको भनेर सार्वजानिक रुपमा बोलेपछि उनीपनि विवादमा तानीएका छन्।

नेकपाका पार्टी प्रवक्ता नारायाणकाजि श्रेष्ठ प्रकाश विशेष कामकालागि गोरखा पुगेकैबेला प्रधानमन्त्री र रअ प्रमुखबीच भेटवार्ता वालुवाटारमा चलेको कुरा बाहिरिएको हो।

श्रेष्ठले पनि पार्टीको कुनै नीति विधानमा जानकारी नगरी आफु बाहिर पुगेकोबेला प्रधानमन्त्री र गोयलको भेटलाई कूटनीतिक मुल्य र आचारसंहिता विपरीत भएको बताएका छन्।

ओली र रअ प्रमुखको भेटवार्ता हुने जानकारी हो भने भारतीय विदेश मन्त्रालय वा भारतको कुनै सरकारी निकायले भारतले हाम्रो विशेष दूत नेपाल जाँदैछ भनेर कुनै प्रेस नोट, विज्ञप्ति, सूचना जारी गरेको छै।

कुनै देशको राजधानीबाट सिधै सैनिक जहाज चढेर प्रधानमन्त्रीलाई भेटन आउनु शिष्टाचार भेट हुँदैन भिम रावलले भनेका छन् । रावलले अगाडी भने राणाकालदेखि अहिलेसम्म कूटनीतिक रूपमा यसरी राति राति वार्ता गरिएको पहिलो घटना भएको छ।

प्रधानमन्त्रिका प्रेस सल्लाहकारले शिष्टाचार भेट भन्ने र परराष्ट्र मन्त्रीले विशेष दूत भन्नु भएको छ कुरा यहिनिर बाझीएको छ यो नेपालि जनतालाई ढाँटढुट गर्न खोजिएको हो।

शिष्टाचार भेटले त कुनै व्यक्ति अर्को देशमा औपचारिक भ्रमणमा गएको बेला त्योभन्दा माथिल्लो तहका व्यक्तिसँग गरिने भेटलाई भनिन्छ उनले भने।

नेपालमा द्वन्द्व कालदेखि नै शान्ति प्रक्रियामा समेत भारतलगायतका अन्य देशबाट गुप्तचरको गतिविधि बढेको समेत भिम रावलले बताएका छन्।

पार्टी निर्णय अनुरूप अगाडि नजानु राजनीतिक दृष्टिकोण र नैतिकताको दृष्टिकोणसँग मिल्दैन। आफैले गरेको विधि प्रणाली र पद्धतिको विरूद्धमा जानु नहुने सम्माननीय प्रधानमन्त्रिले बुझ्नुपर्ने र पालना गर्नुपर्ने हुन्छ उनले भने।

स्थायी कमिटीले गरेको निर्णय अनुसार चल्नु पर्ने र प्रधानमन्त्री र गोयलको गोप्य भेटवार्तालाई बैत्धक्मा सार्वजनिक हुनुपर्ने रावलले बताए ।

गुप्तचर अधिकारीसँग प्रधानमन्त्रीको एकल भेट आचारसंहिताविपरीत, श्रेष्ठ,

 

यो पनि

कालापानी लिपुलेख भारतको हो भन्ने भारतीय सेनाध्यक्ष नेपाल आउँदै ,